७ मंसिर, २०८१ शुक्रबार
07:31:24 PM
१० चैत, २०७८
काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ ३ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैकले काठमाडौंको ३ स्थानमा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा नयाँ शाखाहरु विस्तार गरेको हो ।
योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ । अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।