८ बैशाख, २०८१ शनिबार

03:34:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अहिले लोडसेडिङ हैन, लोड बढेको हो, विद्युत अभाव हुन दिन्नौं : घिसिङ

Nepal Business

१० चैत, २०७८

घरायसी ग्राहक, साना र ठूला कुनै पनि उद्योगमा लोडशेडिङ गर्दैनौँ, सबै जना ढुक्क हुनुहोला लोडशेडिङ हुँदैन,

अहिले लोडसेडिङ हैन, लोड बढेको हो, विद्युत अभाव हुन दिन्नौं : घिसिङ

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा एकाएक कोइलाको भाउ बढ्दा नेपालमा पनि समस्या परेको बताउनु भएको छ । 

हिउँदको समयमा विद्युत खपत बढ्नु स्वभाविक रहेको भन्दै घिसिङले विद्युतको उपलब्धता एक दुई दिनका लागि समस्या भएपनि दिर्घकालिन रुपमा समस्या हुन नदिने बताउनुभएको छ । 

प्राधिकरणमा पत्रकार सम्मेलन गरी निर्देशक घिसिङले महँगोमा किनेर भए पनि लोडशेडिङ हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

घरायसी ग्राहक, साना र ठूला कुनै पनि उद्योगमा लोडशेडिङ गर्दैनौँ, सबै जना ढुक्क हुनुहोला लोडशेडिङ हुँदैन,’ घिसिङले भन्नुभयो । 

भारतले कोइलाबाट उत्पादन भएको बिजुली मात्रै नेपालमा निर्यात गर्ने नीति बनाएको छ, अहिले रुस–युक्रेन युद्धका कारण भारतमा कोइलाको भाउ बढ्दा नेपालले बिजुली महँगोमा किन्नुपरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

यसअघि भारतबाट अधिकतम औसत तीन भारुमा बिजुली किन्दै आएकोमा अहिले आकस्मिक समस्या आएको बताउनुभयो ।