११ मंसिर, २०८१ मंगलबार

12:44:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल फाइनान्सले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा

१० चैत, २०७८

फाइनान्स कम्पनीले बैशाख ३ गते २९ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

नेपाल फाइनान्सले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा

काठमाडौं ।
नेपाल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्स कम्पनीले बैशाख ३ गते २९ औँ वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा होटल एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालक निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले चैत १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागि हुन सक्नेछन्।

चैत ८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल फाइनान्सलाई १०ः७ को अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँ बराबरको हकप्रद निष्कासनको अनुमति पाएको हो।