७ मंसिर, २०८१ शुक्रबार

07:29:35 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेगा बैंँकले एकैसाथ प्राप्त गर्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, बैकले सबैलाई दियो धन्यवाद

९ चैत, २०७८

सामाजिक संस्थागत उत्तरदायित्वतर्फ उक्त बैंकले अवार्ड पाएको सिंगापुरको वल्र्ड विजनेश आउटलुकले जनाएको छ

मेगा बैंँकले एकैसाथ प्राप्त गर्यो दुई अन्तर्राष्ट्रिय अवार्ड, बैकले सबैलाई दियो धन्यवाद

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,

मेगा बैंकले एकैपटक दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । एउटा बैँकले र अर्को बैंकका प्रमुख कार्यकारी अधिकृतले अवार्ड प्राप्त गरेको हो ।

एउटा  बैंकले  ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल २०२२’ जितेको हो भने अर्काे मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले  ‘वुमन बैंकिङ सिइओ अफ दि इयर नेपाल २०२२’  जिल्नुभएको हो ।

एउटा  बैंकले  ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल २०२२’ जितेको हो भने अर्काे  मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दि इयर नेपाल २०२२’ जिल्नुभएको हो ।

सामाजिक संस्थागत उत्तरदायित्वतर्फ उक्त बैंकले अवार्ड पाएको  सिंगापुरको वल्र्ड विजनेश आउटलुकले जनाएको छ ।  बैंकले स्थापना देखिनै सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ । त्यसैको मुल्यंकन गर्दे अवार्ड हाता पारेको हो । 

गएको वर्ष मात्रै बैंकले झण्डै डेढ करोड कोभिड राहत कोषमा जम्मा गरेको थियो । यसवर्ष पनि उसले विभिन्न अस्पतालमा सहयोग गरेको छ ।

शिक्षा, महिला शशक्तिकरणमा बैँकले सहयोग गर्दै आएको छ । उसले  'एक शाखा दुई छोरी'  कार्यक्रम समेत सञ्चालन गरेको थियो । यसअघि बैंँकले  'बैंक अफ द इयर २०१९'  समेत प्राप्त गरिसकेको छ।   

सिइओलाई पनि अवार्ड 

सिइओ अनुपमा खुञ्जेलीलाई  'वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड २०२२’  अवार्ड दिएको सोही संस्थाले जनाएको छ । उहाँ नेपालको पहिलो महिला सिइओको रुपमा चिनिनुहुन्छ ।

यो अवार्ड जित्ने नेपालको उक्त बैंक पहिलो भएको जिकिर गरिएको छ । यसअभिघ उहाँले  ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि पाइसक्नुभएको छ। 

उक्त अवार्ड प्राप्त गरेकोमा बैंँकले सबै शेयरधनी, कर्मचारी शुभेच्छुक तथा सञ्चालकहरुप्रति आभार प्रकट गरेको छ । 

बैंकले बुधबार एक सूचना जारी गरी भनेको छ,  'यस सम्मानलाई सार्थकता प्रदान गर्न योगदान पुर्याउनु हुने समस्त  ग्राहकमहानुभावहरु,  बैंकका संस्थापक एवं शेयरधनी महानुभावहरु, कर्मचारी साथीहरु लगायत समस्त सरोकारवालाहरुप्रति  कृतज्ञता प्रकट गर्दछौं।'