१ मंसिर, २०८१ शनिबार
05:15:25 PM
९ चैत, २०७८
काठमाण्डौं–नेपाल राष्ट्रिय व्यवसायीको आसन्न महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चुन्ने अध्यक्ष नरेश कटुवालले बताउनुभएको छ।
बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कटुवालले वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने विषयमा छलफल चलिरहेको बताउनुभएको हो।
अहिले महासंघको वरिष्ठ उपाध्यक्ष कुमार कार्की हुनुहुन्छ। अन्य पदाधिकारीहरु पनि सहमतिबाटै चुन्ने गरि छलफल भइरहेको उहाँको भनाइ छ। महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय माधिवेशन चैत २२ गते हुँदैछ।
यस्तै महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय भएको महासंघले जनाएको छ। उहाँका अनुसार समारोहमा उपराष्ट्रपति पुनसँगै अर्थमन्त्री जनार्दन शर्मा लगायत उच्च सरकारी अधिकारीहरुलाई समेत उपस्थितिका लाति निम्ता पठाइएको छ।
यसैगरी महासंघले आफ्ना पुराना मागहरु पुरा गर्न समेत पत्रकार सम्मेलनमार्फत ध्यानाकर्षण गराएको छ। पछिल्लो समय बैंकहरुले अस्वभाविक रुपले बढाएको ब्याजले उद्योगी व्यवसायीहरुको ढाड सेकिएको र महंगी बढाएर आम उपभोक्ता सर्वसाधारणहरुमा नकरात्मक असर परेको भन्दै यसतर्फ सोच्न महासंघले सरकारसँग माग गरेको छ।
‘महासंघले यसअघि पनि विभिन्न विषयहरुलाई आफ्ना एजेण्डा पुरा गराउनका लागि राज्यका विभिन्न निकायहरुमा ज्ञापन–पत्र बुझाएका थियौं’ अध्यक्ष कटुवालले भन्नुयो, ‘ति एजेण्डाहरु पुरा गराउनका लागि पटकपटक गरिएका प्रयासहरु केही पुरा भए, धेरै जसो पुरा हुन बाँकी नै छन्, हामीले उठाएका मागहरु समेत पुरा गराउन हामी पुनः सरकारको ध्यानाकर्षण गराउँछौं।’