८ बैशाख, २०८१ शनिबार

01:20:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महासंघको सञ्चार परामर्शदातामा नेपाल बिजनेश डटकम (भिडियोसहित)

९ चैत, २०७८

बिजनेश आइकन, बिजनेश प्रोफाइल, बिजनेश टिप्स, उधमशीलता तालीम, भिडियो प्रेस नोट, कार्यक्रम व्यवस्थापन, फेसबुक लाइभ, पि.एस.ए निमार्णलगायतका कामहरु नेपाल बिजनेशले गर्ने

महासंघको सञ्चार परामर्शदातामा नेपाल बिजनेश डटकम (भिडियोसहित)

काठमाण्डौ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ र नेपाल विजनेश डटकमबीच व्यवसाय प्रवद्र्धन र उद्यमशिलता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

महासंघका अध्यक्ष एवं झापा क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा निर्वाचित माननीय एल.पी साँवा लिम्बुको उपस्थीतिमा महासंघका उपाध्यक्ष एवं बरिष्ठ पर्यटन व्यवसायी सिएन पाण्डे र नेपाल बिजनेश डटकमकातर्फबाट प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो । 

महासंघसंग सहकार्य गरी बिजनेश आइकन, बिजनेश प्रोफाइल, बिजनेश टिप्स, उधमशीलता तालीम, भिडियो प्रेस नोट, कार्यक्रम व्यवस्थापन, फेसबुक लाइभ, पि.एस.ए निमार्णलगायतका कामहरु नेपाल बिजनेशले गर्ने 

समझदारीपछि महासंघका अध्यक्ष लिम्वुले महासंघको मिडिया सेन्टरलाई व्यवस्थीत गरी देशभरका उद्यमी/व्यवसायीसम्म सूचना सम्प्रेषण गर्न र उद्यमशीलता प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न यो समझदारी र सहकार्य फलदायी हुने बिश्वास व्यक्त गनुभयो ।

त्यसैगरी महासंघका उपाध्यक्ष एवं बरिष्ठ पर्यटन व्यवसायी सिएन पाण्डेले महासंघको प्रचारप्रसार र प्रकासनको कामलाई श्रब्य, दृश्य सबै खाले प्रविधिको प्रयोग गरी पूर्णरुपमा प्रविधिमैत्री बनाउन खोजेको बताउदै त्यसका लागि नेपाल बिजनेशसंग सहकार्य गर्न लागिएको बताउनु भयो ।

नेपाल बिजनेशकातर्फबाट समझौतापछि बोल्दै प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले महासंघका लक्षित उद्देश्यहरु सफल बनाउन मिडिया परामर्शकारुपमा उत्कृष्ट सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गनुभयो । नेपाल विजनेशले महासंघसंग सहकार्य गरी बिजनेश आइकन, बिजनेश प्रोफाइल, बिजनेश टिप्स, उधमशीलता तालीम, भिडियो प्रेस नोट, कार्यक्रम व्यवस्थापन, फेसबुक लाइभ, पि.एस.ए निमार्णलगायतका कामहरु नेपाल बिजनेशले गर्ने छ । 

व्यवसायीहरुका समस्यको समाधानका लागि नीतिगत पैरवी गर्ने, समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक पार्न अगुवाई गर्ने विषयमा महासंघले आफ्ना कार्यक्रम केन्द्रीत गर्ने जनाएको छ । महासंघका अभियानमा साझेदारीका रुपमा नेपाल विजनेशले आफ्ना कार्यक्रमलाई केन्द्रीत गर्दै अगाडि बढ्ने जनाइएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई उच्च प्राथमिकताका साथ अगुवाई गर्न महसंघले आफ्ना काम र कार्यक्रम केन्द्रीत गरेको जनाएको छ ।

महासंघले स्थापनाकालदेखी नै उद्योगी व्यवसायीहका हक, अधिकार स्थापित गर्दै दिगो व्यवसाय विस्तारका लागि वकालत गर्दै आएको छ । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई उच्च प्राथमिकताका साथ अगुवाई गर्न महसंघले आफ्ना काम र कार्यक्रम केन्द्रीत गरेको जनाएको छ ।

अहिले ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरिसकेको यस महासंघले थप संगठन विस्तार गर्दै जाने राणनीति अगाडि बढाएको छ । अहिले महासंघमा करिव ५० हजार सदस्य रहेका छन् । त्यसैगरी विशाल मिडिया ग्रुपले सञ्चालनमा ल्याएको नेपाल बिजनेश डटकम (www.nepalbusiness.comनेपालको व्यवसायिक विकास, सरंक्षण र प्रवद्र्धनका क्षेत्रमा काम गर्ने डिजिटल मिडिया प्लेटफर्म हो । 

नेपालको व्यवसायिक समाचार, फिचर, तथ्याङ्क, भिडियो अन्तवार्ता, मेड इन नेपाल, ग्लोवल बिजनेश, बित्तिय साक्षरता, करियर तालीम र उधमशीलता तालीमहरुको सञ्चालनका अतिरिक्त नेपालको समग्र उद्योग र  ब्यवसाय क्षेत्रका सुचना, जानकारी र जर्नलहरु प्रकाशन/प्रशारण कार्य भइरहेको नेपाल बिजनेश डटकमका सम्पादक संगम महतले बताउनु भयो ।

यस प्लेटफर्ममा सरकार, निजि क्षेत्र र दातृ संस्थाहरुका बिभिन्न कार्यक्रमहरु सञ्चालन हुने जनाइएको छ ।