७ मंसिर, २०८१ शुक्रबार

03:05:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्दै

९ चैत, २०७८

नारायणी डेभलपमेन्ट बैंकले १ लाख ४५ हजार ६४९ कित्ता सेयर लिलामीमा बिक्री गर्दै

नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्दै

काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । बैंकले गत फागुन ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो। सो समयमा बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६ सय ५१ कित्ता गरी कुल १ लाख ४५ हजार ६४९ कित्ता सेयर भोलि (चैत १० गते बिहीबार) देखि लिलामीमा राख्ने भएको हो ।

उक्त लिलामीमा राखिने सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले चैत १७ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । अवितरित हकप्रद सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल काठमाडौं, ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, आदर्शनगर (वीरगन्ज), हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पनि आवेदन दिन सक्नेछन् ।