७ मंसिर, २०८१ शुक्रबार

12:47:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढयो डलरको भाउ

Nepal Business

१ पुस, २०७८

एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ६८ पैसा

बढयो डलरको भाउ


एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ६८ पैसा  
काठमाण्डौं, पुुस १
नेपाल राष्ट्र बैंकले आजका लागि  विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको मूल्य डेढ वर्षयताकै महँगो भएको छ । विहिबार लागि एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ६८ पैसा र विक्रि दर १२२ रुपैयाँ २८ पैसा रहेको छ । 
बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ०९ पैसा रहेको  छ भने विक्रि दर १२१ रुपैयाँ ६९ पैसा रहेको थियो । 
चालु खाता घाटा महिना दिनमै साढे ७१ अर्बले बढेको छ । असोजमा  एक खर्ब ५९ अर्ब ७० करोड  घाटामा रहेको चालु खाता कात्र्तिकमा २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ  पुगेको छ । 
व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । महिना दिनमै आयात एक खर्ब ७९ अर्ब ७७ करोड  बढेर साढे ६ खर्ब नाघेको छ भने व्यापार घाटा एक महिनामै एक खर्ब ५४  अर्ब ७० करोड रुपैयाँले बढेको छ  । 
डलरको भाउ बढदा नेपालले आयात गर्ने सामान महंगो हुन्छ र विदेशमा भएका नेपालीले पठाउने रेमिट्यन्स बढेर आउँछ ।