७ मंसिर, २०८१ शुक्रबार

03:01:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंक अफ काठमाण्डूले सुरु गर्यो हेल्पलाईन सेवा

९ चैत, २०७८

बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहकहरुको बैंकिङ्ग कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।

बैंक अफ काठमाण्डूले सुरु गर्यो हेल्पलाईन सेवा

काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले हेल्पलाईन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यल उक्त सेवा सुचारु गरेको हो । ग्राहक महानुभावहरुलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको बैंकले जनाएको छ ।

हेल्पलाईन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको जिज्ञासा भएमा बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् । बैंकको मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ्ग, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएमको कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहकले हेल्पलाईन नम्बर ०१–५९१९९११ मा सम्पर्क गर्न सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहकहरुको बैंकिङ्ग कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।