७ मंसिर, २०८१ शुक्रबार

03:21:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने, न्यूनतम मूल्य कति ?

९ चैत, २०७८

लगानीकर्ताले न्युनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने, न्यूनतम मूल्य कति ?

काठमाडौं ।
कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । बैंकले गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म हकप्रद बिक्री गरेको छ। सो समयमा बिक्री नभएको हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । बैंकले १ लाख २० हजार १ सय २० कित्ता सेयर चैत १६ गतेदेखि लिलामीमा बिक्री गर्न लागेको हो ।

उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत्र १६ गते देखि २४ गतेसम्म  बोलपत्र पेस गर्न सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । अवितरित हकप्रद सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।  

लगानीकर्ताले सिभिल क्यापिटल लिमिटेड, सुन्धारन–काठमाडौं, सिभिल बैंकको शाखा कार्यालयहरु नेपालगंज, विराटनगर, पोखरा, सुर्खेत, बिरगंज धनगढीबाट र कर्पोरेटडेभलपमेन्ट बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरूः वीरगंज १३, आदर्शनगर, पर्सा वीरगंज २५, ड्राईपोट, पर्सा, बीरगंज ३१,  चोनीै, पर्सा, बीरगजबाट पनि बोलपत्र पेस गर्न सक्नेछन् ।