२२ बैशाख, २०८१ शनिबार

01:25:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शारीरिक अपाङ्ग थापा, अदुवा उत्पादनबाट आत्मनिर्भरको बाटोमा

८ चैत, २०७८

करिब १५ घरधुरी कम्तीमा ३०० देखि ९०० किलोग्रामसम्म अदुवा उत्पादन गर्दै आएका छन् ।

शारीरिक अपाङ्ग थापा, अदुवा उत्पादनबाट आत्मनिर्भरको बाटोमा

तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–२ चिन्नेखोला निवासी दुलबहादुर थापा शारीरिकरुपले कमजोर हुनुहुन्छ । जन्मिएपछि करिब पाँच÷छ वर्षको उमेरदेखि उहाँका हात खुट्टा राम्रोसँग चल्न सक्दैनन् । 

शारीरिक अपाङ्गता भए पनि सपाङ्गभन्दा कमी हुनुहुँदैन भन्ने आत्मबलका साथ गत वर्षदेखि अदुवाखेतीमा थापा क्रियाशील हुनुहुन्छ । गण्डकी प्रदेशको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको लागि अधिकार विकासको लागि स्रोत केन्द्र रिसेड मार्फत रु पाँच हजार अनुदान पाएपछि थापाले अदुवाखेती गर्नुभएको हो ।  

करिब चार रोपनी क्षेत्रफलमा अदुवा लगाउँदा झण्डै ४०० क्विन्टल अदुवा उत्पादन भएको किसान थापा बताउनुहुन्छ । वैशाखमा करिब ३०० किलोग्राम बीउ अदुवा लगाएर पुसमा खन्दा उक्त परिमाणमा अदुवा उत्पादन भएको उहाँले बताउनुभयो ।

अदुवा प्रतिकिलो  तीसमा बिक्री गर्नुपर्ने बाध्यता आएपछि त्यस क्षेत्रका करिब १५ घरका अदुवा किसान मर्कामा परेका छन् । सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि त्यस क्षेत्रका किसान यतिबेला सुठो बनाउन व्यस्त छन् ।

दुई महिना अदुवा खन्नैमा बितेको उहाँको भनाइ छ । तर अदुवा अत्यन्तै न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि चिन्ता थपिएको छ । अदुवा उत्पादन भएअनुरुप बजार मूल्य भैदिएको भए राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । 

अदुवा प्रतिकिलो  तीसमा बिक्री गर्नुपर्ने बाध्यता आएपछि त्यस क्षेत्रका करिब १५ घरका अदुवा किसान मर्कामा परेका छन् । सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि त्यस क्षेत्रका किसान यतिबेला सुठो बनाउन व्यस्त छन् ।

थापाले उक्त गाउँमा अदुवाखेती गर्न थालेपछि सो क्षेत्रका अन्य मानिस पनि सो खेतीतर्फ आकर्षित भएका थिए । त्यस क्षेत्रका करिब १५ घरधुरी कम्तीमा ३०० देखि ९०० किलोग्रामसम्म अदुवा उत्पादन गर्दै आएका छन् । 

सुठो बनाइएपछि लामो समयसम्म नबिग्रने र मूल्य राम्रै पाउने भएपछि उनीहरु अदुवा बिक्री गर्नुको साटो सुठो बनाउन व्यस्त हुन्छन् । सोही वडा निवासी नन्दवीर थापाले करिब दुई रोपनीमा अदुवा लगाउँदा झण्डै ९०० किलोग्राम अदुवा उत्पादन भए पनि बिक्री गर्न नसक्दा चिन्तित भएको दुखेसो पोख्नुभयो । 

सुठो बनाउने आफ्नै तरिका छ । तलबाट काँचो दाउरा सल्काएर धुँवाको ताप दिएर अदुवालाई सुकाइन्छ । कम्तीमा एक हप्तासम्म निरन्तर अदुवालाई फर्काइफर्काइ  सुकाइन्छ । यसरी सुकाइएको अदुवा हातले मुठी पार्दा डल्लो भयो भने सुठोको लागि लायक हुने किसान बताउँछन् । 

यसरी बनाइएको सुठोको मूल्य प्रतिकिलो रु ३०० सम्म पर्छ । एक वर्ष अदुवा लगाएको क्षेत्रमा अर्को वर्ष पनि अदुवा लगाउन नहुने अर्का किसान लालसिं राना बताउनुहुन्छ ।

एउटै जग्गामा लगातार अदुवाखेती गरिए किराको प्रकोप बढ्ने र उत्पादन नराम्रो हुने भएकाले एक वर्षको फरकमा अदुवाखेती गर्दा उत्तम हुने उहाँ बताउनुहुन्छ ।