४ जेठ, २०८१ शुक्रबार

08:42:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१०.०५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

८ चैत, २०७८

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

१०.०५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं ।
साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले ५५ औँ वार्षिक साधारणसभा चैत ३० गते बोलाएको हो । चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त बैंठक चैत्र ३० गते बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।