७ मंसिर, २०८१ शुक्रबार

03:07:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रिमियममा कडाई गर्दै राष्ट्र बैंक, वाणिज्य बैंकसँग १० करोडसम्मको प्रिमियमदर माग

८ चैत, २०७८

राष्ट्र बैंकमा प्रिमियमसम्बन्धी गुनासो बढेपछि केही महिना अगाडि राष्ट्र बैंकले २७ वटै बैंकलाई पत्र पठाएर १० करोड रुपैयाँसम्मको ऋणको प्रिमियमदर माग गरेको थियो ।

प्रिमियममा कडाई गर्दै राष्ट्र बैंक, वाणिज्य बैंकसँग १० करोडसम्मको प्रिमियमदर माग

काठमाण्डौं ।  नेपाल राष्ट्र बैंक मनपरी  प्रिमियम कायम गरी ब्याजदर निर्धारण गर्ने बैंकहरुलाई नियन्त्रण गर्ने तयारीमा लागेको छ । वाणिज्य बैंकहरूले आधारदरमा मनपरी प्रिमियम थपेर ब्याजदर निर्धारण गरेको भन्दै गुनासो बढ्न थालेपछि राष्ट्र बैंकले प्रिमियममा कडाइ गर्न लागेको हो ।

बैंकहरूले तरलताको अभाव देखाउँदै आधारदरमा मनलाग्दी ढंगले प्रिमियम लिएको गुनासो राष्ट्र बैंकमा बढेपछि प्रिमियममा कडाइ गर्न बाध्यकारी अवस्थामा पुगेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकमा प्रिमियमसम्बन्धी गुनासो बढेपछि केही महिना अगाडि राष्ट्र बैंकले २७ वटै बैंकलाई पत्र पठाएर १० करोड रुपैयाँसम्मको ऋणको प्रिमियमदर माग गरेको थियो । अहिले सबै बैंकले प्रिमियम राष्ट्र बैंकसमक्ष पठाइसकेका छन् ।

राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेलले बैंकहरूले प्रिमियम बढाएकोले गुनासो बढेको बताउनु भयो । पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले पनि बैंकहरूको ब्याजदरको विषयमा चासो व्यक्त गर्दै आउनु भएको छ । केही सातादेखि विभिन्न सार्वजनिक सभाहरुमा ब्याजदरको विषयमा धारणा राख्दै आउनु भएको हो ।

गत शनिबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा पनि उहाँले गभर्नर अधिकारीलाई बैंकको ब्याजदर घटाउनेबारे सोच्न निर्देशन दिनु भएको थियो ।