७ मंसिर, २०८१ शुक्रबार
02:45:05 PM
८ चैत, २०७८
कम्पनीले आर्थिक बर्ष २०७७/७८ का लागि जारी गरेको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।
काठमाडौं ।
गणपति लघुवित्त वित्तिय संस्थाले सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७७/७८ का लागि जारी गरेको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।
कम्पनीको पुस १७ गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाले पारित गरेको १९ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । पुस ६ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले जनाएको छ । उक्त कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भइसकेको छ ।
हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि कम्पनीले आग्रह गरेको छ । त्यस्तै, सेयर धितो राखेका सेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बोनस वितरण गरिनेछ ।