७ मंसिर, २०८१ शुक्रबार
03:30:58 PM
८ चैत, २०७८
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
काठमाडौं ।
एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ४ लाख ७७ हजार ५ सय २६ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको जनाएको छ ।
बैंकले मंगलबार एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको चैत ८ गतेदेखि ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रिय कार्यालय, बागबजार, काठमाडौँमा निवेदन दिन आग्रह गरेको हो ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।