७ मंसिर, २०८१ शुक्रबार

03:31:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्राइम कमर्शियल बैंकले चैत १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

८ चैत, २०७८

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

प्राइम कमर्शियल बैंकले चैत १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

काठमाडौं ।
प्राइम कमर्शियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले चैत १६ गतेबाट वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने लागेको हो ।  बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

सोमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि लागि छिटोमा चैत २१ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट उक्त ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।