७ मंसिर, २०८१ शुक्रबार

12:31:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल आइएमई बैंकले बेलायती संस्थाबाट ३ अर्ब ऋण लिदै

१ पुस, २०७८

बैंकले सीडीसीबाट प्राप्त रकम जलविद्युत्, नविकरणीय ऊर्जा, पूर्वाधार निर्माण, उत्पादन, कृषि, पर्यटन लगायत क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने जनाएको छ । साथै उत्पादनको क्षेत्रबाट अधिक रोजगारी सृजना गर्ने विषयमा जोड दिएको छ ।

ग्लोबल आइएमई बैंकले बेलायती संस्थाबाट ३ अर्ब ऋण लिदै


कामाण्डौं, पुस १
ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायती संस्था सीडीसीबाट २५ मलियिन अमेरिकी डलर (करीब ३ अर्ब रुपैयाँ) ऋण लिने भएको छ । 
बुधवार बैंकमा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रिजेन्टेटिभ रवि रायमाझीले ऋण सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । 
सीडीसीबाट प्राप्त ऋणले ब्यांकको कर्जा प्रवाह क्षमतालाई सुधार गर्नेछ । बैंकले सीडीसीबाट प्राप्त रकम जलविद्युत्, नविकरणीय ऊर्जा, पूर्वाधार निर्माण, उत्पादन, कृषि, पर्यटन लगायत क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने जनाएको छ । साथै उत्पादनको क्षेत्रबाट अधिक रोजगारी सृजना गर्ने विषयमा जोड दिएको छ । 
सीडीसी ग्रुपका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख श्रीनी नागाराजनले ऋण सहयोगबाट नेपालको आर्थिक पुनरुत्थान र दिगो विकासमा सहयोग पुग्ने विश्वास गर्नु भएको छ ।