१४ बैशाख, २०८१ शुक्रबार

10:49:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्छः मन्त्री अथक

Nepal Business

७ चैत, २०७८

सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्छः मन्त्री अथक

काठमाण्डौं–युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताउनुभएको छ। बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको ३७ औँ वार्षिकत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानिय स्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताउनुभएको हो। 

सामुदायिक विद्यालयहरुले खेलकुदको विकासका लागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भन्नुभयो, ‘हाम्रा प्राय सबै सामुदायिक विद्यालयहरु खेलमैत्री छन। संस्थागत भन्दा सामुदायिक विद्यालयहरुको आफ्नै खेल मैदान प्रयाप्त छन, त्यसको सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरुले अहम भुमिका निर्वाह गर्नुपर्छ।’

नेपाल सरकारले सामुदायिक विद्यालय सुधारका लागि विभिन्न योजनाहरु लागु गरेको उल्लेख गर्दै मन्त्री अथकले शैक्षिक सुधारका लागि शिक्षक तथा अभिभावकहरु समेत जागरुक हुनुपर्ने बताउनुभयो।

शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत ४० लाख लागतमा विद्यालयको ४ कोठाको भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विनोद लम्सालले जानकारी दिनुभयो।