७ मंसिर, २०८१ शुक्रबार

02:48:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकका कार्यकारी दुई निर्देशकको जिम्मेवारी हेरफेर, सुपरीवेक्षण विभागमा ढकाल

७ चैत, २०७८

राष्ट्र बैंकका कार्यकारी दुई निर्देशकको जिम्मेवारी हेरफेर, सुपरीवेक्षण विभागमा ढकाल

काठमाडौं ।
नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरिवेक्षण विभागको प्रमुख हेरफेर गरेको हो ।

बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा रहनु भएको कार्यकारी निर्देशक देवकुमार ढकाललाई बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ । ढकाल राष्ट्र बैंकको पूर्व प्रवक्ता हुन् ।

त्यस्तै, सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहनु भएको डा. गुणाकर भट्टलाई बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख जिम्मेवारी दिइएको छ । भट्ट राष्ट्र बैंकको प्रवक्ता समेत हुनुहुन्छ ।

बैंक सुपरिवेक्षण विभागले ‘क’ वर्गका बैंकहरुको मात्रै सुपरीवेक्षण गर्छ भने नियमन विभागलाई क, ख, ग र घ चारै वर्गका बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने अधिकार तोकिएको छ ।