१० मंसिर, २०८१ सोमबार

04:57:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महालक्ष्मी विकास बैंकले गर्यो विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

७ चैत, २०७८

आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ।

महालक्ष्मी विकास बैंकले गर्यो विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडको साँफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित सूर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ। बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट सहयोग गरेको हो ।

सूर्यचन्द्र प्राविधिक विद्यालयको प्राँगणमा आयोजित एक विशेष कार्यक्रमका बीच स्वच्छ खानेपानीका लागि एक हजार र पाँच सय लिटरको एक–एक हिल ट्यांक र डस्टबिन हस्तान्तरण गरिएको साँफेबगर शाखाका प्रबन्धक पुनित शाहले जानकारी दिनुभयो ।

विद्यालयको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले डस्टबिन र पानी ट्यांकी सहयोग गरिएको बैंकले जनाएको छ। सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावथापन समितिका अध्यक्ष रवीन्द्रबहादुर शाहले विद्यालयलाई धन्यावाद ज्ञापन गर्नुभएको छ ।

आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ।