७ मंसिर, २०८१ शुक्रबार
02:01:41 PM
७ चैत, २०७८
लगानीकर्ताले न्युनतम ५ सय कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २३ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आवेदन दिने आज (चैत ७ गते सोमबार) अन्तिम दिन रहेको छ ।
लघुवित्तले ५ हजार कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरेको थियो । उक्त सेयरको न्युनतम मूल्य ६ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम ५ सय कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको संस्थापक समूहको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।