७ मंसिर, २०८१ शुक्रबार
02:31:33 PM
७ चैत, २०७८
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने
काठमाडौं ।
बैंक अफ काठमाण्डूले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ३ हजार २ सय २८ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुनाल उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । उक्त सेयरको मूल्य १ सय ८५ रूपैयाँ तोकिएको छ ।
बैंकले सोमबार एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको चैत ७ गनेदेखि ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रिय कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा निवेदन दिन लगानीकर्ताहरुलाई आग्रह गरेको हो ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।