२५ बैशाख, २०८१ मंगलबार

12:54:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चार महिनापछि डा शर्मा भारतको राजदूत नियुक्त

Nepal Business

६ चैत, २०७८

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त पदमा आइतबार नियुक्त गर्नुभएको हो ।

चार महिनापछि डा शर्मा भारतको राजदूत नियुक्त

काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उहाँलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो 

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त पदमा आइतबार नियुक्त गर्नुभएको हो । 
मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उहाँलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उहाँ संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत हुनुहुन्थ्यो ।