४ जेठ, २०८१ शुक्रबार

09:27:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खल्तीबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने

६ चैत, २०७८

खल्तीबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने

काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्सका ग्राहकहरुले ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने कम्पनीले जनाएको छ । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेको बताउनुभयो ।

५,००० रूपैयाँ प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्ने छ । जसले प्रयोगकर्ताहरूलाई भुक्तानी सेवाहरूको विस्तृत दायराको मजा लिन सक्षम बनाउँछ।