७ मंसिर, २०८१ शुक्रबार
01:56:44 PM
६ चैत, २०७८
नेप्सेमा नेपाल राष्ट्र बैंकद्वारा जारी विकास ऋणपत्र २०८२ ‘च’ र विकास ऋणपत्र २०८३ ‘च’ सूचीकृत
काठमाडौं ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत भएका छन्। आइतबार नेप्समा नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा जारी विकास ऋणपत्र २०८२ ‘च’ र विकास ऋणपत्र २०८३ ‘च’ सूचीकृत भएका हुन्।
नेप्समा २०८२ ’च’ नामको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । यसको अवधि ४ वर्षको रहेको छ । त्यस्तै, २०८३ ’च’ नामको १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । यसको अवधि ५ वर्ष रहेको छ । नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार उक्त ऋणपत्रहरू सूचिकृत गरेको हो ।