२३ बैशाख, २०८१ आइतबार

11:34:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विमानस्थल र सिमा नाकामा कोरोना परिक्षणमा कडाई, ७२ घण्टे पिसिआर रिपोर्ट अनिवार्य

६ चैत, २०७८

सिमा नाकामा रहेका हेल्थ डेक्सलाई थप प्रभावकारी बनाईने, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कोरोना परिक्षणलाई निरन्तरता दिने लगाएतका निर्णय सहितको सूचना जारी

विमानस्थल र सिमा नाकामा कोरोना परिक्षणमा कडाई, ७२ घण्टे पिसिआर रिपोर्ट अनिवार्य

काठमाण्डौ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबारे नयाँ व्यवस्था भएको सूचना सार्वजनिक गरेको छ ।

यस अघि विभिन्न सिमा नाकामा रहेका हेल्थ डेक्सलाई थप प्रभावकारी बनाईने, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कोरोना परिक्षणलाई निरन्तरता दिने लगाएतका निर्णय सहितको सूचना जारी गरेको हो ।

मन्त्रालयले यात्रुले आफ्नो कारोना परिक्षणको ७२ घण्टे रिपोर्ट अनिवार्य गरेको छ । यसैगरी पूर्ण खोप लगाएकाहरुको हकमा कोरोनासंग मिल्दाजुल्दा कुनै लक्षण भएमा पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । 

मन्त्रालयलयले जारी गरेको सूचनामा कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएको अवस्थामा विमानस्थल वा सिमा नाकामा रहेका हेल्थ डेक्सका स्वास्थ्याकर्मीले कोरोना परिक्षणका लागि निगरानीमा राख्न सक्ने उल्लेख गरिएको छ ।