७ मंसिर, २०८१ शुक्रबार

02:27:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

११ अर्ब ८३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

६ चैत, २०७८

बैंकले चैत ८ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबाले भोलि (चैत ७ गते सोमबार) दिउँसो २ बजे हुने

११ अर्ब ८३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले चैत ८ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबाले भोलि (चैत ७ गते सोमबार) दिउँसो २ बजे हुने भएको छ ।

बैंकले ९१ दिनको अवधिको लागि ५ अर्ब ५३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यो ट्रेजरी बिल आउँदो २०७९ असार ७ गते परिपक्व हुनेछ। बैंकले १८२ दिनको अवधिको लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल आउँदो २०७९ साल असोज ४ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल आउँदो २०७९ साल चैत्र ७ गते परिपक्क हुनेछ ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।  ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।