१७ बैशाख, २०८१ सोमबार

08:27:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंकामा चरम आर्थिक संकट, कागज तथा मसी खरिद गर्न नसक्दा परीक्षा स्थगित

६ चैत, २०७८

कागज र मसीको अभावका कारण देशभरका ४५ लाख विद्यार्थी प्रभावित हुनेछन्।

श्रीलंकामा चरम आर्थिक संकट, कागज तथा मसी खरिद गर्न नसक्दा परीक्षा स्थगित

काठमाण्डौं–श्रीलंकासँग कागज किन्ने पैसा नभएपछि विद्यालय तहका परीक्षा  स्थगित भएको छ। श्रीलंकामा चरम आर्थिक संकट भएपछि कागज किन्ने पैसासमेत नभएपछि परीक्षा स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सोमबारदेखि विद्यालय तहको परीक्षा सुरु हुने तय भएपनि कागजको अभावका कारण परीक्षा अनिश्चितकालका लागि रोकिएको शिक्षा अधिकारीहरु बताउनुहुन्छ।

उहाँहरुका अनुसार सरकारले परीक्षाका लागि आवश्यक कागज ल्याउनका लागि बजेट दिन नसकेकाले परीक्षा रोक्नु परेको हो। कागजसँगै मसी आयात गर्न विद्यालयले नसकेको सञ्चारमाध्यमले जनाएका छन्। कागज र मसीको अभावका कारण देशभरका ४५ लाख विद्यार्थी प्रभावित हुनेछन्। 

विदेशी मुद्राको अभावका कारण श्रीलंका स्वतन्त्रता (सन् १९४८) यताकै गम्भीर आर्थिक संकटमा परेको छ। आर्थिक संकटबाट बच्न श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिने बारेमा छलफल पनि गरेको छ।