९ बैशाख, २०८२ मंगलबार
04:51:34 PM
६ चैत, २०७८
काठमाण्डौं–नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते हुने भएको छ। महासंघका अध्यक्ष नरेश कटुवालले चैत २२ गते महासंघको चौथौ साधारणसभा र दोस्रो महाधिवेशन हुने जानकारी दिनुभएको हो।
उहाँले भन्नुभयो, ‘अहिले उम्मेदवारीको घोषणा भएको छैन । यहि चैत १७/१८ गतेसम्म आन्तरिक काम सकाएर कार्य समिति तयार हुन्छ र पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गछौँ।’
गत वर्ष नै हुनुपर्ने महासंघको केन्द्रीय महाधिवेशन कोरोना भाइरसको त्रासका कारण केही पर धकेलिएको थियो। महासंघका अध्यक्ष नरेश कटुवालको कार्यकाल समेत पुरा भएकाले महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ। सकेसम्म सहमतिबाटै र नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व तय गर्ने महासंघको तयारी छ।
उहाँका अनुसार महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको छ। उद्घाटन शत्रमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लगायत सरकारका अन्य उच्च अधिकारीहरुको समेत उपस्थिति रहने महासंघले जनाएको छ।