७ मंसिर, २०८१ शुक्रबार
02:17:18 PM
६ चैत, २०७८
काठमाण्डौं–विदेशी मुद्रा (डलर)को भाउ तीन दिनदेखि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकन १ डलरको खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ ।
यस्तै युरोपियन युरो १ को खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रीदर १३४ रुपैयाँ ४३ पैसा छ । युके पाउण्ड स्टलिङ १ को खरिददर १५९ रुपैयाँ शून्य ३ पैसा र विक्रीदर १५९ रुपैयाँ ८२ पैसा कायम छ ।
यसैगरी चाइनिज यून १ को खरिददर १९ रुपैयाँ शून्य १ पैसा र विक्रीदर ११ रुपैयाँ १४ पैसा कायम भएको छ । जापानिज येन १० को खरिददर १० रुपैयाँ १७ पैसा र विक्रीदर १० रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।