७ मंसिर, २०८१ शुक्रबार
02:08:29 PM
६ चैत, २०७८
लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
काठमाडौं
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको चैत्र ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार लघुवित्तले चैत २७ गते वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा बनेपा पार्टी भेन्यू, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, कुनै लघुवित्त वित्तीय संस्थासँग आपसमा गाभ्न, गाभिने तथा प्राप्ति गर्न र हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ।
लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश पाउन र साधारण सभामा सहभागि हुन सक्नेछन् ।