२१ बैशाख, २०८१ शुक्रबार

06:22:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारत र जापानका प्रधानमन्त्री बीच भेटवार्ता, आर्थिक र सांस्कृतिक सम्वन्धमा जोड

Nepal Business

६ चैत, २०७८

यूक्रेनमाथी रूसले आक्रमण गरेपछि पहिलो पटक भएको उहाँहरुको भेटवार्ताका क्रममा यूक्रेन सङ्कटको बारेमा समेत कुराकानी भएको अनुमान गरिएपनि यस बारेमा केही बताइएको छैन ।

भारत र जापानका प्रधानमन्त्री बीच भेटवार्ता, आर्थिक र सांस्कृतिक सम्वन्धमा जोड

एजेन्सी । भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

दुई देशबीचमा आर्थिक तथा संस्कृतिक सम्वन्ध र सहकार्य बृद्धि गर्न भेटवार्ता उपलब्धीमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालयको आधिकारीक ट्वीटर हेण्डलमा देखिएको छ, “प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री किशिदाबीच भएको भेटवार्ता दुई देशको मित्रता बढाउन फलदायी भएको छ ।”

यूक्रेनमाथी रूसले आक्रमण गरेपछि पहिलो पटक भएको उहाँहरुको भेटवार्ताका क्रममा यूक्रेन सङ्कटको बारेमा समेत कुराकानी भएको अनुमान गरिएपनि यस बारेमा केही बताइएको छैन ।

पश्चिमी देशले युक्रेनमा आफ्नो सैन्य कारबाहीका लागि रुसमाथि प्रतिबन्ध लगाएका बेला प्रमुख तेल उपभोग गर्ने देशले यसमाथि नजिकबाट नजर राखिरहेका बेला किशिदाको भारत भ्रमणलाई अत्यन्त महत्वका साथ रूपमा हेरिएको छ ।

आफ्नो दुईदिने भारत बसाइका क्रममा जापानका प्रधानमन्त्री किशिडा १४औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनुहनेछ ।

शिखर सम्मेलनले दुवै पक्षलाई विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा र सुदृढीकरणका साथै इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिका लागि आफ्नो साझेदारीलाई अगाडि बढाउन पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दामा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।