१ जेठ, २०८१ मंगलबार

10:28:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित

Nepal Business

५ चैत, २०७८

उपप्राध्यापक पदको परीक्षा पुनः स्थगित

 काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा फेरी पनि स्थगित गरेको छ ।

आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको थियो । तर विज्ञापन नं. ७०१/०७७/०७८ देखि ८२५/०७७/०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।

आयोगले शनिबार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ ।