६ जेठ, २०८१ आइतबार

02:59:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमडौँका नीति, योजना र निर्णयमा विवाद छैन, पुरानै कार्यक्रमलाई लिएर आलोचना गरियो : प्रमुख शाक्य

Nepal Business

४ चैत, २०७८

कार्यकाल सकिन लागेका बेला भए/गरेका गतिविधिबारे जानकारी गराउन शुक्रबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महानगरको नीति, योजना र निर्णयमा कुनै विवाद नरहेको जिकिर गर्नुभएको छ ।

काठमडौँका नीति, योजना र निर्णयमा विवाद छैन, पुरानै कार्यक्रमलाई लिएर आलोचना गरियो : प्रमुख शाक्य

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफुले गरेका गतिविधिबारे जानकारी दिँदै पुरानै कार्यक्रमका विषय जोडेर आलोचना गर्ने काम भएको बताउनुभएको छ । 

कार्यकाल सकिन लागेका बेला भए/गरेका गतिविधिबारे जानकारी गराउन शुक्रबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महानगरको नीति, योजना र निर्णयमा कुनै विवाद नरहेको जिकिर गर्नुभएको छ । 

उहाँले केही पुराना योजनालाई लिएर मात्रै आलोचना गरिएको प्रष्ट्याउनुभयो । रानीपोखरीलगायत विभिन्न संरचनाका विषयमा उहाँले आलोचना खेप्नुभएको थियो ।

महानगरका क्षेत्रगत काममध्ये मूर्तअमूर्त सम्पदा जोगाउन, सम्बद्र्धन तथा प्रवद्र्धन गर्न लिइएका नीति, बनाइएका योजना र त्यसको कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटका विषयमा उहाँले जानकारी गराउनुभएको थियो । 

उहाँले केही पुराना योजनालाई लिएर मात्रै आलोचना गरिएको प्रष्ट्याउनुभयो । रानीपोखरीलगायत विभिन्न संरचनाका विषयमा उहाँले आलोचना खेप्नुभएको थियो ।

आफु उहाँले निर्वाचित हुनु अघि नै कार्यान्वयनमा आएका योजनालाई लिएर आलोचना गर्ने काम भएको भन्दै प्रमुख शाक्यले ररानीपोखरी पुननिर्माणको काम आफु प्रमुख भएर आउनु अघि नै सुरु भएको बताउनुभयो । चलिरहेका कार्यक्रमलार्इ आफुले निरन्तरता मात्रै दिएको उहाँको भनाइ थियो । 

उपत्यकाका भौतिक सांस्कृतिक सम्पदातर्फ काष्ठमण्डप, कमलपोखरी, दरबार हाइस्कूल, वडाहरुमा भएका ऐतिहासिक वहाः वही, मठमन्दिर, चैत्य, विहार, गुठी घर, द्यःछें जस्ता १५० भन्दा बढी सम्पदाको पुनर्निर्माण गरिएको 

संस्थागत निर्णयमा गर्दा पदाधिकारीविच छलफल र परामर्श हुन्छ, महानगरका निर्णय गर्ने, योजना बनाउने पद्धति छ, जिम्मेवारी छ, त्यसैअनुरुप भएका कुनै पनि योजनामा विवाद नरहेको र सम्पदा संरक्षण र प्रवर्धनका काम गर्दा प्राचीन स्मारक ऐन २०१३ को कानूनी व्यवस्थाकै आधारमा गरिएको उहाँले बताउनुभयो ।

उपत्यकाका भौतिक सांस्कृतिक सम्पदातर्फ काष्ठमण्डप, कमलपोखरी, दरबार हाइस्कूल, वडाहरुमा भएका ऐतिहासिक वहाः वही, मठमन्दिर, चैत्य, विहार, गुठी घर, द्यःछें जस्ता १५० भन्दा बढी सम्पदाको पुनर्निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

उपत्यका भित्रका अन्य नगरपालिका र भगिनी सम्बन्ध भएका विभिन्न नगरका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरुको विकास तथा संरक्षणमा सहकार्य र साझेदारी गर्दै यथासम्भव सहयोग गर्दै आइरहेको पनि उहाँले जानकारी दिनुभयो ।