१६ बैशाख, २०८१ आइतबार

03:45:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

परिक्षमै नआउनेलाई सवरी लाईसेन्स दिने यातायात कार्यालयका प्रमुख सहित ९ जना विरुद्ध मुद्धा दायर

४ चैत, २०७८

परिक्षमै नआउनेलाई सवरी लाईसेन्स दिने यातायात कार्यालयका प्रमुख सहित ९ जना विरुद्ध मुद्धा दायर

परिक्षमै नआउनेलाई सवरी लाईसेन्स दिने यातायात कार्यालयका प्रमुख सहित ९ जना विरुद्ध मुद्धा दायर

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात  व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल विरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्धा दायर गरेको छ । 

आयोगले दायर गरेको मुद्धामा दुवैजनाले सवारी चालक अनुमतिपत्रको योगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण  गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरवदल गर्ने कार्यमा संलग्न रहेको उल्लेख छ । 

यसैगरी शाखा अधिकृत हरिप्रसाद गौतम, तत्कालीन समयमा यातायात व्यबस्था कार्यालय सवारी चालक अनुमतिपत्र, कास्की गण्डकी प्रदेश, पोखरामा कार्यरत अधिकृत भरतराज काफ्ले, अधिकृत प्रेम प्रसाद श्रेष्ठ, अधिकृत डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, कम्प्युटर अपरेटर मोहनमणि सुवेदी  र अधिकृत भरतमणि बराल विरुद्ध मुद्धा दायर गरिएको आयोगले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

९ जनाको मिलेमतोमा १ सय ६८ जना परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको देखिएको छ ।