३१ भदौ, २०८२ मंगलबार
05:34:35 PM
४ चैत, २०७८
माघ मसान्तसम्ममा बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा फागुन मसान्तसम्ममा २२ अर्ब रुपैयाँले बढेर निक्षेप संकलन ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।
काठमाडौं
फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको नेपाल बैंकर्स संघ (एनबीए)ले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । माघ मसान्तसम्ममा बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा फागुन मसान्तसम्ममा २२ अर्ब रुपैयाँले बढेर निक्षेप संकलन ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।
फागुन २७ गते ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले ४ दिनको अवधिमा ७ अर्ब निक्षेप संकलन गरेका हुन् । गत माघमा भने वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको थियो। गत पुस मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो।
फागुन महिनामा बैंकहरुको कर्जा लगानी पनि १७ अर्ब रुपैयाँले बढेको छ। गत माघ मसान्तसम्म ४१ खर्ब ५५ अर्ब रुपैयाँ कुल कर्जा लगानी रहेको बैंकहरुको फागुन मसान्तसम्म कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ।