८ मंसिर, २०८१ शनिबार

07:12:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युतीय गाडीमा बढ्दो आकर्षण, आयोनीक–५ सोल्ड आउट

Suraj

४ चैत, २०७८

आयोनिक–५ गाडी नेपाल ल्याउने प्रक्रिया सुरु गर्दा नै सोल्ड आउट भएको कम्पनीको भनाइ छ । आयोनीक–५ ले संसारभर रहेका क्लासिक लुक्सका गाडी चाहनेहरुको मन जितेको छ । नेपालमा अहिले पनि थुप्रै यूनिट बुकिङ रहेको कम्पनीले जनाएको छ ।

विद्युतीय गाडीमा बढ्दो आकर्षण, आयोनीक–५ सोल्ड आउट

काठमाडौँ । हुन्डाईले केही समय अघि नेपाल ल्याएको आयोनीक–५ ‘सोल्ड आउट’ भएको छ । प्रिमियम गाडी खोज्नेहरुको रोजाईमा परेको आयोनीक–५ नेपाल ल्याउने तयारी सुरु भएदेखि नै ग्राहक व्यग्र प्रतिक्षामा थिए । आयोनिक–५ ले बुकिङ समेत उत्साहजनक थियो । पछिल्लो बैंकिङ प्रक्रिया निकै कठिन भएको समयमा आएकोले ग्राहकलाई प्रक्रिया पुरा गरेर गाडी दिन केही समय लागेको लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले जनाएको छ । 

आयोनिक–५ गाडी नेपाल ल्याउने प्रक्रिया सुरु गर्दा नै सोल्ड आउट भएको कम्पनीको भनाइ छ । आयोनीक–५ ले संसारभर रहेका क्लासिक लुक्सका गाडी चाहनेहरुको मन जितेको छ । नेपालमा अहिले पनि थुप्रै यूनिट बुकिङ रहेको कम्पनीले जनाएको छ ।

यो गाडीप्रति ग्राहकको डिमाण्ड थामिनसक्नु छ । कम्पनीले ग्राहकको मागअनुसार गाडी उपलव्ध गराउन नसक्ने भएको छ । ग्राहकले ठूलो रेन्जका पनि गाडी ल्याइदिन आग्रह गर्न थालेको कम्पनीको जनाएको छ ।  ग्राहकको अनुरोध अनुसार नै निकट भविष्यमा आयोनीक–५ को लङ्ग रेन्ज भेरियन्ट पनि नेपाल आउन सक्ने देखिएको छ । तर कुन रेन्जमा ल्याउन लागेको हो भन्ने विषयमा कम्पनीले केही पनि खुलाएको छैन । 

कम्पनीले नेपालमा विक्री गरेको आयोनीक–५ सोलार सहितको मूल्य ८१ लाख ९६ हजार र सोलार नभएको भेरियन्टको ८० लाख ९६ हजार रुपैयाँ निर्धारण गरेर विक्री गरेको थियो । छतमा शोलार प्यानल जडान भएको आयोनिक–५ मा ५८ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । यसलाई एक पटक फुल चार्ज गर्दा ३५० किलोमिटरभन्दा माथि रेन्ज दिने कम्पनीले बताएको छ ।