१ मंसिर, २०८१ शनिबार
10:03:43 PM
४ चैत, २०७८
KCL–WOMI TAX COLLECTION 2071/78 खाता नं. ०१३००९८४०७२०००३७ मा बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न लघुवित्तको आग्रह
काठमाडौं
वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले २०७७ चैत ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्ममा कायम सेयरधनीहरुलाई उक्त कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो । कम्पनीको पुष १६ गते सम्पन्न १० औँ वार्षिक साधारणसभाबाट २० प्रतिशत बोनस सेयर पारित गरेको थियो ।
लघुवित्तको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाडौंको नक्सालस्थित नागपोखरीमा रहेको कार्यालय वा कुमारी बैंक लिमिटेडको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी कर बापतको रकम यकिन गरी कर तिर्न सकिने संस्थाले जनाएको छ। लघुवित्तले कुमारी बैंकमा रहेको KCL–WOMI TAX COLLECTION 2071/78 खाता नं. ०१३००९८४०७२०००३७ मा बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न आग्रह गरेको छ।
बुक क्लोजको समयमा सेयर रोक्का रहेका शेयरधनीहरुको बोनस सेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा पठाईने कम्पनीले जनाएको छ । हालसम्म आफ्नो सेयर अभौतिकीकरण नरेका सेयरधनीले आफ्नो सेयर अभौतिकीकरण गरेको अवस्थामा बोनस सेयर समेत आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
बोनस सेयर बापत लाग्ने करको विवरण कुमारी क्यापिटलको वेबसाइटबाट हेर्न सकिने लघुवित्तले जनाएको छ।