७ मंसिर, २०८१ शुक्रबार

02:40:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डलरको भाउ घट्यो, विनिमयदर कति ?

४ चैत, २०७८

अमेरिकन १ डलरको खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

डलरको भाउ घट्यो, विनिमयदर कति ?

काठमाण्डौं

विदेशी मुद्रा (डलर) को भाउ शुक्रबार घटेको छ । अमेरिकन १ डलरको खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बिहीबार १ अमेरिकी डलरको खदिरदर १२१ रुपैयाँ ७३ पैसा र विक्रीदर १२२ रुपैयाँ ३३ पैसा कायम भएको थियो। 

यस्तै युरोपियन युरो १ को खरिददर १३३ रुपैयाँ ५१ पैसा र विक्रीदर १३४ रुपैयाँ १८ पैसा छ । युके पाउण्ड स्टलिङ १ को खरिददर १५९ रुपैयाँ ३१ पैसा र विक्रीदर १६० रुपैयाँ १० पैसा कायम छ।

यस्तै चाइनिज यून १ को खरिददर १९ रुपैयाँ शून्य ५ पैसा र विक्रीदर १९ रुपैयाँ १४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।