१ मंसिर, २०८१ शनिबार
10:27:39 PM
४ चैत, २०७८
सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने
काठमाडौं
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न कम्पनीले सातौँ साधारणसभा चैत २५ गते बोलाएको हो । उक्त सभा संस्थाको केन्द्रिय कार्यलग कटकरी २, मोरङमा १०ः३० बजेदेखि सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अखितयारी प्रदान गर्ने प्रस्ताव सहित अधिकृत पुँजी एक अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट एक अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव सभामा पेस गर्ने छ। सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव सभाबाट पारित गरिने छ ।
लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनका लागि चैत्र १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन सक्नेछन् ।