१ मंसिर, २०८१ शनिबार

10:08:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशी बैंकले नेपालमा शाखा खोल्न २ करोड अमेरिकी डलर पुँजी हुनुपर्ने (पूर्णपाठसहित)

३ चैत, २०७८

नेपालमा शाखा खोल्न इच्छुक विदेशी बैंकले केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दिनुपर्नेछ भने सम्बन्धित देशको केन्द्रीय बैंकबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेको हुनुपर्ने

विदेशी बैंकले नेपालमा शाखा खोल्न २ करोड अमेरिकी डलर पुँजी हुनुपर्ने (पूर्णपाठसहित)

काठमाडौं
विदेशी बैंकले नेपालमा शाखा खोल्न २ करोड अमेरिकी डलर पुँजी हुनुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार राष्ट्र बैंकले विदेशी बैंक शाखा अनुमति नीति, २०२२ जारी गर्दै चुक्ता पुँजी २ करोड अमेरिकी डलर तोकेको हो । राष्ट्र बैंकले यस्तो व्यवस्था लागु गरेसँगै सन् २०१० मा जारी भएको ‘विदेशी बैंकद्वारा नेपालमा शाखा खोल्न दिने सम्बन्धी नीति, २०१०’ खारेज भएको छ ।

‘इन्भेष्टमेन्ट ग्रेड’ को अन्तर्राष्ट्रिय रेटिङ पाएको विदेशी बैंकले मात्रै नेपालमा शाखा खोल्न पाउने राष्ट्र बैंकले जनाएको छ । नेपालमा शाखा खोल्न इच्छुक विदेशी बैंकले केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दिनुपर्नेछ भने सम्बन्धित देशको केन्द्रीय बैंकबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेको हुनुपर्नेछ ।

नेपालमा निवेदन दिँदा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत अर्थात १० लाख अमेरिकी डलर डिपोजिट गरेको सक्कल भौचर पनि संलग्न गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी अन्तिम स्वीकृति पाउनु अगाडि बाँकी चुक्ता पुँजीको ९५ प्रतिशत भने बैंक ग्यारेन्टी अथवा नगदमै राष्ट्र बैंकमा दाखिला गरे पनि मान्य हुने जनाएको छ ।

नेपालमा कारोबार गर्न अनुमति प्राप्त गरेको विदेशी बैंकले नेपालमा थोक बैकिङको मात्रै अनुमति प्राप्त गर्नेछ । विदेशी बैकको नेपालमा सञ्चालित शाखाले एक कर्पोरेट अफिसबाट कम्तिमा १० करोड रुपैयाँमा मुद्दती निक्षेपको रुपमा स्वीकार गर्नुपर्नेछ ।