१ मंसिर, २०८१ शनिबार
10:15:10 PM
३ चैत, २०७८
आगलागीबाट पीडित ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग
काठमाडौं ।
माछापुछ्रे बैंको माहुली शाखाले आगलागी पीडितलाई राहत हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फागुण २८ गते सप्तरीको कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ टोल टेगंरीमा लागेको आगलागीबाट पीडित ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको हो ।
राहत वितरण कार्यक्रममा कृष्णासवरन गाप वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नम्बर २ को प्रदेश उप–प्रमुख बिनेश ठाकुरको पनि उपस्थिति थियो । बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।