१ मंसिर, २०८१ शनिबार

10:13:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंक अफ काठमाण्डूको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

३ चैत, २०७८

बैंकले १ हजार रुपैयाँ अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंक अफ काठमाण्डूको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं
बैंक अफ काठमाण्डू लिमिटेडले निष्कासन गर्न लागेको ‘बीओके डिबेन्चर २०८६ (क)’ ऋणपत्र निष्काशनको लागि  बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंक अफ काठमाण्डूले ‘बीओके डिबेन्चर २०८६ (क)’ ऋणपत्र निष्काशनको लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बैंकले १ हजार रुपैयाँ अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । सो ऋणपत्र खरिद गर्ने लगानीकर्ताले १०.५० प्रतिशत ब्याजदर पाउछेन् ।

उक्त सम्झौतामा बैंक अफ काठमाण्डूका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।