१ मंसिर, २०८१ शनिबार

10:39:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नविल बैंक र मोबाइल वितरक संघ बीच सम्झौता, व्यवसायीको वित्तीय समस्या समाधान गर्ने प्रयास

Nepal Business

२ चैत, २०७८

च्यानल फाइनान्सिङ कर्जाको प्रमुख आकर्षण भनेको बैंकिङ फाइनान्सिङमार्फत खुद्रा विक्रेताहरूलाई जारी गरिएको विलहरूको पूर्ण मूल्य प्राप्त गर्न अनुमति दिने जनाइएको छ ।

नविल बैंक र मोबाइल वितरक संघ बीच सम्झौता,  व्यवसायीको वित्तीय समस्या समाधान गर्ने प्रयास

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ,
मोबाइल विक्री गर्ने व्यवसायीहरुको वित्तीय समस्या समाधान गर्न नेपाल मोबाइल वितरक संघ र नविल बैंक बीच सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा लगानी गरिने छ । 

उक्त सम्झौता अनुसार मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा लगानी गरिने छ । 
उक्त सम्झौतामा नविल बैंकका साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरज कुमार बस्नेत र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गर्नुभएको छ । 

नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एसोसिएसनसँग च्यानल फाइनान्सिङ लोनका साथै अन्य विभिन्न एसएमई ऋण सुविधा उपलब्ध गराउनको लागि हाम्रो सहकार्य घोषणा गर्न पाउँदा खुसी छौं, नविल बैंँकले भनेको छ । 

यस रणनीतिक साझेदारी अन्तर्गत, देशभरका सम्बन्धित मोबाइल वितरकहरू च्यानल वित्तिय सुविधामार्फत लाभान्वित हुने जनाइएको छ ।

जसले बैंकसँग दर्ता भएका मोबाइल वितरकहरूको खुद्रा विक्रेताहरूको नेटवर्कलाई जोड्दै आकर्षक मूल्य र सुविधाको साथै यसबाट च्यानल वित्तीय ऋणको रूपमा सुनिश्चित कार्यशील पुँजी सीमा प्रदान गर्ने नविल बैँकले जानकारी दिएको छ ।

च्यानल फाइनान्सिङ कर्जाको प्रमुख आकर्षण भनेको बैंकिङ फाइनान्सिङमार्फत खुद्रा विक्रेताहरूलाई जारी गरिएको विलहरूको पूर्ण मूल्य प्राप्त गर्न अनुमति दिने जनाइएको छ । 

यसबाहेक, दर्ता भएका सदस्यहरूले दिगो विकासको लागि आफ्नो वित्तीय आवश्यकताहरू पूरा गर्न विभिन्न अन्य एसएमई ऋण सुविधाहरू प्राप्त गर्न सकिने नविल बैँकले जनाएको छ।