२ मंसिर, २०८१ आइतबार
12:32:04 AM
२ चैत, २०७८
काठमाडौं
बैंक अफ काठमाण्डू र हेफर नेपालबिच सम्झौता भएको छ । विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न बैंक अफ काठमाण्डूले हेफर नेपालँंग सम्झौता गरेको हो । हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकाहरुलाई बैंकिङ्ग चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।
उक्त कार्यक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्दर्भ सामाग्री निर्माण गरि यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबद्ध रहेको बताइएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल तथा हेफर नेपालको प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गर्नुभएको छ । हाल बैंक अफ काठमाण्डूका ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टर रहेको छ ।