१० मंसिर, २०८१ सोमबार

08:26:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिटिजन्स बैंकको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२ चैत, २०७८

सिटिजन्स बैंकको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं
सिटिजन्स बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ७ हजार ७९ दशमलव २८ कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएकाले उक्त सेयरहरु बिक्री गर्न लागेको बैंकले जनाएको छ । सो संस्थापक सेयरको मूल्य १ सय ४३ रूपैयाँ तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले चैत २ गतेदेखि ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रिय कार्यालय, नारायणहिटी पथ, काठमाडौँमा पुग्नेगरी निवेदन पेस गर्न बैंकले आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।