२ मंसिर, २०८१ आइतबार

12:41:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु बैंकको १७ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२ चैत, २०७८

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने

प्रभु बैंकको १७ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं
प्रभु बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक केही सेयरधनीहरुले  आफ्नो नाममा रहेको १७ लाख ६२ हजार ९ सय २४ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले चैत २ गते बुधबारदेखि ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा पुग्नेगरी निवेदन दिन बैंकले आग्रह गरेको छ ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।