२ मंसिर, २०८१ आइतबार

12:17:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वोमी र सुर्योदय लघुवित्तिको एकिकृत कारोबार चैत १९ गते देखि हुने

२ चैत, २०७८

वोमी र सुर्योदय लघुवित्तिको एकिकृत कारोबार चैत १९ गते देखि हुने

काठमाडौं
वोमि लघुवित्त वित्तीय संस्था लिमिटेड र सुर्योदय लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार चैत १९ गतेदेखि हुने भएको छ ।  वोमि लघुवित्त वित्तीय संस्था लिमिटेड र सुर्योदय लघुवित्त एक आपसमा मर्ज भइ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुुरु गर्न लागेका हुन्।

गत पुस १६ गते सम्पन्न यी दुबै लघुवित्तको साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो। नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएसँगै कम्पनीहरुको एकिकृत कारोबार हुन लागेको हो ।