२ मंसिर, २०८१ आइतबार
12:35:45 AM
२ चैत, २०७८
नबिल बैंक, एनएमबि बैंक , नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक , नेपाल एसबिआई बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेन्चुरी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।
काठमाडौं
नेपाल राष्ट्र बैंकले १४ वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । नियम उलंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले विभिन्न १४ वाणिज्य बैंकलाई कारवाही गरेको हो । चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमाससम्ममा विभिन्न नियमहरु उल्लंघन गर्ने १४ वाणिज्य बैंकलाई कारवाही गरिएको वाणिज्य बैंकहरुको सुपरिवेक्षण विभागले जनाएको छ ।
सुपरिवेक्षण विभागले विवरण प्रकाशित गरी नबिल बैंक, एनएमबि बैंक , नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक , नेपाल एसबिआई बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेन्चुरी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई कारवाही गरिएको जनाएको छ ।
केन्द्रीय बैंकको नियम विपरित कारोबार गर्ने १४ वाणिज्य बैंकमध्येका एक दर्जन वाणिज्य बैंकले ब्याजदर नीति उल्लंघन गरेका छन् । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन २०७८ को निर्देशन बमोजिम बोलकबोल विडिङको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भन्ने व्यवस्थाको पालना नभएको देखिएकोले आगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी तथा भविष्यमा यस्तो त्रुटी नदोहरीने गरी कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराईएको निर्देशन उल्लेख गरिएको छ ।
प्रभु बैंकलाई तोकिएको अनिवार्य नगद मौज्दात कायम नगर्दा १ लाख ८० हजार ४ सय ३० रुपैयाँ १४ पैसा जरिवाना तिराएको छ ।
त्यसैगरी, राष्ट्र बैंकले प्रभु बैंकलाई तोकिएको अनिवार्य नगद मौज्दात कायम नगर्दा १ लाख ८० हजार ४ सय ३० रुपैयाँ १४ पैसा जरिवाना तिराएको छ । नेपाल बैंकले एटलस इन्जिनियरिंग कन्स्ट्रक्सन क.लि.को खाता रोक्का राख्ने निर्देशन पालना नगरेको पाइएको छ । राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकलाई बैंक तथा वित्तीय सस्थालाई जारी गरिएको एकिकृत निर्देशन२०७८ को निर्देशन–१५ तथा बैंक तथा वित्तीय संस्था नियमन विभागबाट गत जेठ ११ जारी परिपत्रको १० (१) मा भएको व्यवस्था उलंघन गरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको छ ।
राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकका सीइओहरुलाई सचेत गराएको छ । राष्ट्र बैंकले स्ट्याण्डर्ड बैंक र एनएमबी बैंकलाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन २०७८ को निर्देशन–१५ तथा गत जेठ ११ मा जारी परिपत्रको १० (२) मा कूल निक्षेप बाहेकका व्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक पार्न पाईने छैन भन्ने व्यवस्था उल्लघंन भएको सन्दर्भमा आगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी तथा भविष्यमा यस्तो त्रुटी नदोहरीने गरी कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराईएको हो ।