१० मंसिर, २०८१ सोमबार
08:38:26 AM
२ चैत, २०७८
काठमाण्डौं
माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यका साथ स्थापना गरेको २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।
उक्त सिसियु वार्ड बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारी लाई हस्तान्तरण गर्नुभएको हो ।
बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको थियो।
यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
उक्त कार्यक्रममा बैकका सञ्चालक रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो।